सिरहा, १६ चैत । सिरहामा एसइई परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ ।
परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो ।
निजी विद्यालयहरूले फ्लाप बनाउन सक्रिय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्वीर खिचेर समाजिक सञ्जाल ह्वाटसअपमार्फत छ्यासछ्यास्ती बनाइएको छ ।
परीक्षा हल वरिपरी फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरु सक्रियरूपमा बसेका छन् ।
सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक सञ्जालमार्फत निजी विद्यालयहरुको हात हातमा पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस