काठमाडौं, १६ चैत । डाक्टर प्रतिभा धौभडेल मृत फेला पर्नुभएको छ ।
जिल्ला अस्पताल धादिङमा कार्यरत ३४ वर्षीया धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत फेला पर्नुभएको हो ।
उहाँ केही दिनअघि घर बिदामा काठमाडौं आउनुभएको थियो । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उहाँका पतिले उहाँलाई वीरेन्द्र सैनिक अस्पतालमा लैजानुभएको थियो ।
अस्पतालका चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
धौभडेलले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गर्नुभएको थियो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस