१ कार्तिक २०८३, आइतबार

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवीतै उद्दार गरिएपनि उनको अवस्था गम्भीर रहेको छ ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तिर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो । दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ । तर, उनको अवस्था गम्भीर रहेको छ ।

घटनापछि त्यहाँ स्थलगत निरीक्षण गर्न पुग्नुभएको यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।