९ असार २०८३, मंगलबार

एमालेलाई कसैको वैशाखी आवश्यक पर्दैन : शेरधन राई

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १४ चैत । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले मिसन ८४ मा एमालेले कसैको वैशाखी र गठबन्धनमा निर्भर नरहने बताउनुभएको छ ।

एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै राईले आगामी तीन वर्ष एमालेको मिसन ८४ को वर्ष भएकाले यसबीचमा जनताको कामलाई तिव्रता दिने बताउनुभयो । उहाँले जनता विनाको नेता र पार्टी नहुने भएकाले जनताका आवश्यकतालाई मिहीन ढंगले अध्ययन गर्दै विश्वास जित्ने बताउनुभयो ।

उहाँले मुलुकको समृद्धि र अर्थतन्त्र एमाले बाहेकका दलबाट सफलता नहुने भएकाले ८४ मा एमाले एकल बहुमतको सरकार बनाउने अभियानमा अहिलेदेखि नै लागि परेको बताउनुभयो ।

कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका राईले एमाले नेतृत्वको सरकारले मुलुकको विकासमा उल्लेखिय प्रगति हासिल गरेको बताउनुभयो । ‘हिजो एमाले नेतृत्व र अहिले अन्य दलको नेतृत्वमा हुँदाको विकासको कामलाई तुलना गर्नुस कति फरक पाउनु हुनेछ ।’ उहाँले भन्नुभयो, ‘सत्ताको बागडोर सम्हाल्नु ठूलो कुरा हैन्, भिजनसहित योजना निर्माण गर्नु पर्दछ ।’

राईले यतिबेला पार्टी निर्माणको चरण र मिसन ८४ मा रहेकाले सर्वसहमत नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।