
काठमाडौं, १३ चैत । कृषि विकास बैंकले ग्लोबल मनी किमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
यसैबीच कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङको उपस्थितिमा कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक विद्यालय, हरिनगरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुभयो ।
विद्यालयका एघार र वाह्य कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृतले वित्तीय साक्षरता कार्यक्रममा वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्यतीय बैंकिंग सेवा, क्रिप्टो करेन्सी, क्यासलेस, पेपरलेस बैंकिंग सेवाहरु, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतीय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी गराउनुका साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भूमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पार्नुभयो ।
साथै कार्यक्रममा गुरूङ हरिनगरा क्षेत्रका कर्जा ग्राहकहरुसंग कृषि बिकास बैंकले प्रदान गर्दे आएको सेवा सम्वन्धमा जानकारी समेत लिनुभएको थियो ।
बैंकका उपमहा प्रबन्धकहरु प्रताप सुबेदी, बाबुकाजी थापा, यज्ञ प्रकाश न्यौपाने, दीर्ध बहादुर अर्याल र प्रेम कुमार श्रेष्ठको उपस्थितिमा बैंकका प्रदेश कार्यलयहरुले चैत्र ५ देखी ११ गतेसम्म सामुदायिक विद्यालय लगायत विभिन्न २४ स्थानहरुमा वित्तीय सारक्षता कार्यक्रम संचालन गरेको हो भने नेपाल राष्ट्रबैंकले लुम्बीनी प्रदेशमा आयोजना गरेको प्रभातफेरी कार्यक्रम प्रदेश कार्यालय भैरहवाको सहभागीता रहेको थियो ।










प्रतिक्रिया