काठमाडौं, १ असार । नियमित कार्यका लागि उडेको एक वायुसेनाको लडाकू विमान मंगलबार चरासँग ठोक्किएर दुर्घटनामा परेको छ ।
भारतीय वायुसेनाको लड़ाकू विमान जगुआर उत्तर प्रदेशको इलाहाबादमा चरासँग ठोक्किएर दुर्घटनचामा परेको हो । विमानका दुई पाइलटले हाम फालेर ज्यान बचाएका छन् ।
विमान आफ्नो रुटीन ट्रेनिंगका लागि ७ बजेर २५ मिनेटमा इलाहाबादबाट उडेको थियो । जो शहरबाट १३ किलोमिटर दूरीमा रहेको खाद्य गोदाम नजिकै ८ बजेर ४७ मिनेटमा चरासँग ठोक्किएको थियो । चरासँग ठोक्किदा सन्तुलन गुमाएर जहाज खसेको थियो ।
जहाज दुर्घटना छानविनका लागि सेनाले एक समिति गठन गरेको छ । जब त्यो विमानलाई नियन्त्रणमा राख्ने प्रयास असफल भयो तब पाइलटले विमानबाट प्यारसुट फालेर ज्यान बचाए । र विमान खाद्य निगमको गोदाममा खसेको थियो ।
यो वायुसेनाको दोस्रो जगुआर विमान हो । यसैगरी यो भन्दा पहिला पनि एक विमान दुर्घटनामा परीसकेको छ । यो भन्दा पहिला मार्च महिनामा हरियाणाको कुरुक्षेत्रमा विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी















प्रतिक्रिया