गोरखा, २३ जेठ । गोरखा जिल्लामा १९ वर्षीया सुत्केरीको वेहोस भएर मृत्यु भएको छ ।
गोरखा नगरपालिका–२ कि १९ वर्षीया सोलु गुरुङको आज विहान साढे पाँच बजे वेहोस भएर मृत्यु भएको हो ।
जेठ २१ गते जिल्ला अस्पताल गोरखामा प्रसुतिका लागि भर्ना भएकी गुरुङको बिहीबार सल्यक्रिया गरी बच्चा निकालिएको थियो ।
बच्चा निकाले पछि एक्कासि बेहोस भएकी उनलाई थप उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी भनाइ छ ।













प्रतिक्रिया