३० आश्विन २०८३, शुक्रबार

पाँच करोडको लागतमा शीत भण्डारण गृह निर्माण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaभीमदत्तनगर, १ असार । डडेल्धुरामा शीत भण्डारण गृह निर्माण सुरु गरिएको छ । कृषकको मागअनुसार जिल्लामा आधुनिक शीत भण्डारण गृहको निर्माण सुरु गरिएको हो ।

नेपालमै पहिलो पटक आधुनिक प्रविधिबाट निर्माण हुने शीत भण्डारण गृहको क्षमता एक हजार मेट्रिक टन रहनेछ ।

दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसमेत राखिएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना तथा नेपाल सरकारको रु दुई करोड ९९ लाख र उग्रतारा शीत भण्डार उद्योग प्रालिको रु दुई करोड ५७ लाख गरी रु पाँच करोड ५६ लाखको लागतमा शीत भण्डारण गृह निर्माण हुन लागेको उग्रतारा शीत भण्डार उद्योग प्रालिका अध्यक्ष भोजराज भट्टले बताउनुभयो ।

स्थानीय निकाय, सरकारी तथा गैरसरकारी क्षेत्र र स्थानीय कृषकको सहयोगले शीत भण्डारण गृह सञ्चालनमा सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ । रासस