२५ कार्तिक २०८३, बुधबार

चिनियाँ पर्यटकले मनाए होली (तस्वीरहरु)

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । आज काठमाडौंसहित देशका पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइँदैछ ।

बिहानैदेखि रंग र लोला लिएर होली खेल्नेक्रम सुरू भएको छ भने काठमाडौंका बसन्तपुर र दरबारमार्ग क्षेत्रमा होली विशेष कार्यक्रमहरू हुँदैछन् ।

होलीमा काठमाडौं आइपुगेका पर्यटकहरूले पनि होली मनाएका छन् । चिनियाँ पर्यटकहरूले एकअर्कामा रंग दलेर उत्साहका साथ होली मनाएका छन् ।

होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ ।