
काठमाडौं, १० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गर्नुभएको छ । पत्नी कोमललाई साथै लिएर आफै राहदानी विभाग त्रिपुरेश्वर जानुभएको थियो पूर्वराजा शाह ।
‘उहाँ राहदानी नवीकरण गर्न आफै आउने भनेर खबर पायौँ तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौँ, नभन्दै उहाँ आउनु भयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो ।’ विभागका एक अधिकृतले बताउनुभयो ।
निर्मल निवास सूत्रका अनुसार, गत सोमबार पूर्वराजा रानी त्रिपुरेश्वर गएर राहदानी नवीकरण गर्नुभएको थियो । सचिवालयले नै नवीकरणको काम गर्ने सल्लाह दिँदा पूर्वराजाले सर्वसाधारण युवाहरु आफै लाईनमा बसेर राहदानी सेवा लिइरहेको प्रत्यक्ष हेर्न पनि चाहेकाले आफै गएर नवीकरण गर्ने जवाफ दिनुभएको थियो ।
राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरुले पूर्वराजासँग तस्वीर खिचेका थिए । कतिपयले सेल्फी खिच्न आग्रह गर्दा पूर्वराजाले सबैलाई समय दिएको सचिवालयले बताएको छ ।








प्रतिक्रिया