
काठमाडौं, ६ चैत । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने समय सरेको छ । बिहान १० बजे तय भएको कार्यक्रम दिउँसा २ बजेका लागि सरेको हो ।
सत्तामा सहभागी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली उपत्यका बाहिर रहनुभएकाले साझा कार्यक्रम दिउँसो २ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अध्यक्ष ओली दुई बजे अघि काठमाडौं आइपुग्नुहुने जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दुई –दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि आज सार्वजनिक हुन लागेको हो ।
गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।








प्रतिक्रिया