काठमाडौं, ५ चैत । धनगढी नगरप्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् ।
नगरप्रमुख हमाललाई वाह्टएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् ।
राति ज्यान मार्ने धम्कीपछि नगरप्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेश गर्नुभएको छ ।
प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नगरप्रमुखले पेश गरेको निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको बताउनुभयो ।
प्रहरी प्रवक्ता कुलदिप चन्दले धम्की दिने व्यक्तिलाई भोलि छलफलका लागि बोलाइएको बताउनुभयो । उहाँले व्यक्तिसँग छलफलपछिमात्र धम्की कारण थाहा हुने बताउनुभयो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस