१३ कार्तिक २०८३, शुक्रबार

कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ पर्नुभएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

रूपन्देहीबाट आज बिहान पक्राउ पर्नुभएका महरालाई प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।