
काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा आज पक्राउ पर्नुभएको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को निगरानीमा रहनुभएका महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले जानकारी दिनुभयो । उहाँलाई काठमाडौं ल्याउन लागिएको ढकालले बताउनुभयो ।
महराले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ ।
६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई सुन प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिनुभएको थियो । निर्देशन पाएको भोलिपल्टै अर्थात् आज सोमबार नै महरा पक्राउ पर्नुभएको हो ।








प्रतिक्रिया