५ असार २०८३, शुक्रबार

आगलागीबाट भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका विभिन्न क्षेत्रमा आगलागी हुँदा धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत सचेतना अपनाउन आम नागरिकमा अनुरोध पनि गर्नुभएको छ ।

‘भोजपुर लगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले मर्माहत तुल्याएको छ । घटनाप्रति गहिरो दुख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्दछु ।’ प्रधानमन्त्रीले भन्नुभएको छ ।