२६ कार्तिक २०८३, बिहिबार

सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ टुंग्याउँदै गठबन्धन कार्यदल

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबीच आज पनि छलफल हुँदैछ ।

कार्यदलले आजै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने गठबन्धनका शीर्ष नेताहरूसमझ छलफलका लागि प्रस्तुत गर्ने तयारी छ ।

कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा पहिल्यै तयार गरिसकेको छ । त्यसबारे आवश्यक थप छलफल गरी टुंग्याउने तयारी रहेको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता एवम् कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबारै कार्यदलको बैठक बस्ने तयारी थियो । तर बिहीबार अर्थमन्त्री वर्षमान पुन व्यस्त भएपछि बैठक बस्न सकेको थिएन । त्यही मस्यौदामाथि शुक्रबार बिहान ९ बजे अर्थमन्त्रालयमा बैठक बस्ने तयारी रहेको नेता सुमनले बताउनुभयो ।

कार्यदलले मस्यौदालाई अन्तिम रुप दिएलगत्तै शीर्ष तहमा नेताहरुले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जानेछ ।