२६ कार्तिक २०८३, बिहिबार

काठमाडौंबाट छुटेको ईभी गाडी भीमफेदीमा सडकबाट ५०० मिटर तल खस्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा यात्रुबाहक ईभी गाडी दुर्घटना भएको छ ।

प्रहरीका अनुसार बिहान ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीले गाडीमा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक जानकारी छ ।

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएका छन् ।

उद्धार कार्य जारी रहेको र दुर्घटनामा परेकाहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।