
काठमाडौं, ३१ जेठ । रेमिटान्स कम्पनीको भीडमा नेपालकै नम्बर वान कम्पनी आईएमई आजबाट १६औं वर्षमा प्रवेश गरेको छ ।
रेमिटान्सको दुनियाँमा स्थापनाकादेखि प्रख्यात कम्पनी आईएमई १५वर्ष पूरा गर्दै आइतबारबाट १६ औं वर्षमा प्रवेश गरेको हो । यसैबीच आईएमईले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव ‘१५औं वार्षिकोत्सव जिम्मेवारीको’ भन्ने नाराका साथ विविध सामाजिक कार्यक्रमको आयोजना गर्दै मनाएको छ ।
गत बैशाखमा आएको भूकम्प र त्यसपछिका परकम्पनले सिर्जित विनाशले राष्ट्र नै पुनर्निर्माण लागेका बेला एउटा व्यवसायिक संस्थाको जिम्मेवारीमा रही यस्तो कार्यमा सहभागिता जनाईएको हो ।

आईएमईले १५औं वार्षिकोत्सवका अवसरमा ‘चार खम्बे सामाजिक उत्तरदायित्व’ नीति अन्तर्गतका स्वास्थ्य र सुरक्षा, सामाजिक योगदान एवम् शिक्षा र वातावरण जस्ता क्षेत्रमा पुर्याउदै आएको योगदानको परम्परा अनुरुप विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले क्षतिग्रस्त किर्तिपुर १५ स्थित लंगोल गाउँका १५ घरमा सरसफाई तथा भग्नावशेष हटाएको छ ।
आईएमई समुहका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको उक्त समुहमा आईएमई समुहका ७५ कर्मचारीहरुको सहभागिता थियो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कम्पनीका तर्फबाट यसअघि जम्मा गरिएको रकम २ करोड रुपैयाँका अतिरिक्त सम्पूर्ण कर्मचारी, व्यवसायिक साझेदार एवम् दाताहरुबाट प्राप्त भएको ८ लाख ८९ हजार २ सय छयानब्बे रुपैयाँ पनि ग्लोबल आईएमई बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
आईएमईले विपद्का बेला विदेशस्थित आफ्ना सम्पूर्ण शाखामार्फत् निःशुल्क सेवा प्रवाह गर्नुकासाथै राहत तथा पुनः स्थापनाका लागि प्रत्यक्ष सहभागिता जनाएको थियो ।















प्रतिक्रिया