
काठमाडौं, २४ फागुन । नेकपा (एमाले) का कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको आन्तरिक जीवनको बिकारका रुपमा रहेको टक्सीनलाई बढ्न नदिन प्रदेश कमिटिका सदस्यहरुलाई निर्देशन दिनु भएको छ ।
सुर्खेतमा जारी कर्णाली प्रदेश कमिटिको दोस्रो बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव भट्टले मानव शरीरमा बिकार उत्पादन गर्ने टक्सीन जस्तै सांगठनलाई कमजोर बनाउने विभिन्न व्यक्ती र तत्वहरुले टक्सीनको काम गरेकाले त्यस्ता टक्सीनहरुलाई बढ्न नदिनप्रति सबै नेता कार्यकर्ता सजग रहनु पर्नेमा निर्देशन दिनुभएको हो ।
पार्टीको हेटक्वाटरले राष्ट्रिय राजनीतिमा जुनखाले निर्णय लिएको छ त्यो पार्टी र देशकै लागि दीर्घकालीन महत्व राख्ने उल्लेख गर्नु भएका नेता भट्टले नेतृत्वले ७७ वटै जिल्ला ७५३ वटै पालिका र सम्पूर्ण नेपाली नागरिकको सामुहिक स्वार्थलाई केन्द्रमा राखेर निर्णय गर्ने भएकाले केन्द्रको निर्णयलाई अक्षरस पालना गर्न आग्रह गर्नुभयो । पार्टी अध्यक्षले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई तीन दिन राखेर गर्नु भएको छलफल गरेपछि कर्णालीप्रति केन्द्रीय नेतृत्वको धारणा निकै सकरात्मक भएको उल्लेख गर्दै अबको निर्णय कर्णालीमैत्री हुनेमा विश्वाश व्यक्त गर्नुभयो ।
‘कर्णालीका दशवटै जिल्लाका अध्यक्ष, प्रदेश कमिटिका सदस्य र कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरुको भावना र स्प्रीट मैले राम्रोसँग बुझेको छु’ उहाँले थप्नुभयो, ‘मैले पार्टीको सचिवालय बैठकमा यो कुरा नेतृत्वलाई जस्ताको तस्तैं अवगत गराउने छु ।’







प्रतिक्रिया