१२ कार्तिक २०८३, बिहिबार

पार्टी अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा जसपा सरकारमा जाने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टी पनि सरकारमा जाने भएको छ ।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने भएको हो । आज बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा जाने निर्णय गर्दै मन्त्रीहरूको टुंगो पनि लगाएको छ ।

पार्टीबाट उपेन्द्र यादव, नवलकिशोर साह र दीपक कार्की मन्त्री बन्ने हुनुभएको हो । अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र साह वनमन्त्री र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने बताइएको छ ।