७ श्रावण २०८३, बिहिबार

जीबी राई पक्राउ परेका छैनन् : नेपाल प्रहरी

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) सिंगापुरबाट पक्राउ परेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ ।

प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो ।

मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो ।

नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले इन्टरपोलमार्फत राईको खोजी कार्य जारी रहेको जानकारी दिनुभएको छ ।