१८ असार २०८३, बिहिबार

प्रचण्ड सरकारमा सहभागी हुने भन्ने बारेमा जसपाले कुनै निर्णय लिन सकेन

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । जनता समाजवादी पार्टी नेपाल ‘अनिर्णयको बन्दी’ भएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय लिन बसेको कार्यकारीणी समितिको बैठक बिना निष्कर्ष सकिएको छ ।

‘जसपाको कार्यकारिणी समितिको बैठक सकियो तर ‘प्रचण्ड’ सरकारमा जाने ‘नजाने कुनै निर्णय गर्न सकेन्,’ बैठकमा सहभागी एक नेताले भन्नुभयो, ‘केही समय ‘पर्ख र हेर’को अवस्था रहने भन्ने भएको छ ।’

उहाँका अनुसार बैठकले कुनै निर्णय लिन नसके पछि सोही सन्देश बोकेर अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजेन्द्र श्रेष्ठ बालुवाटार लाग्नुभएको छ ।

प्रचण्ड सरकारलाई विश्वासको मत दिन र सरकारमा सामेल हुने बारेमा पार्टीको बहुमत सदस्य विपक्षमा उभिएका छन् ।