१६ असार २०८३, मंगलबार

काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो : ५ को मृत्यु, ३७ जना घाइते

17.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् ।

बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९ जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकहरुको पहिचान खुलेको छ ।

चालक पनि घाइते छन् । बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो ।

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरुको उद्धार गरिरहेको छ ।