३० आश्विन २०८३, शुक्रबार

इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

INDONESIA-VOLCANOकाठमाडौं, ३१ जेठ । इण्डोनियामा शनिवार दिउँसो शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ ।

नेपालमा शक्तिशाली भूकम्प गएको दुई महिनापछि इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एफपी न्यूजका अनुसार इण्डोनेसियाको कारो सहरमा रहेको सिनाबुङ हिमाल नजिकैको सुमत्रा आइसल्याण्डमा शनिबार दिउँसो शक्तिशाली ज्वालामुखी विस्फोट भएको हो ।

ज्वालामुखी विस्फोट भएपछि जमिनमुनीबाट फलाम र तातो ग्यास बाहिर निस्किरहेको इण्डोनेसियाका सुरक्षा अधिकारीहरुले बताएका छन् । ज्वालामुखी विस्फोट भएपछि त्यहाँ नजिकका गाउँ तथा आसपासका क्षेत्रका ३ हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

ज्वालामुखीबाट बच्न सबैलाई स्थानीय प्रशासनले हाइ अर्लट जारी गरेको छ । मानवीय क्षति भएको बारे कुनै समाचार सार्वजनिक भएको छैन् । एजेन्सी
INDONESIA-VOLCANOINDONESIA-VOLCANO

तस्वीर : एफपी