१ कार्तिक २०८३, शनिबार

नेपाली महिला फुटबल टिमको शानदार जित, फाइनलमा प्रवेश

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति नेपालले लेवनानलाई २–१ को शानदार जित निकालेको हो । खेलको ३८ औं मिनेटमा पुजा रानाले गोलकिपर एन्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएपछि नेपाल पहिलो हाफमा पछि परेको थियो । पहिलो हाफमा १–० ले पछि परे पनि नेपालले दोस्रो हाफमा शानदार जित निकाल्यो ।

सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काएपछि नेपाली टिम उत्साहित बन्यो। खेलको इन्जुरी समयमा प्रिती राईले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो ।

नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।