
काठमाडौं, ७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफलसिद्ध मान्छेलाई ल्याउन खोजिरहेको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित पाँचौँ राष्ट्रिय सहकारी भेला-२०८० लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भागबन्डाको नयाँ तरिका अपनाएको भन्दै असफलसिद्व मान्छे नियुक्त गर्न सक्ने बताउनुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले त नयाँ तरिका निकालेका छन् भागबन्डा नगर्ने, एकलौटी गर्ने। असफलसिद्ध मान्छेहरुको छनोट गर्ने, अहिले त्रिविको उपकुलपतिमा तीन जना सिफारिस भएको छ क्यारे ! तीन जनामा पनि तेस्रो चाहिँ नियुक्ति हुन्छन् जस्तो लाग्छ मलाई छाँटकाट हेर्दा । किनभने धेरै असफल भएको मान्छे चाहियो नि ! त्यो मेरो अनुमान हो ।’








प्रतिक्रिया