७ श्रावण २०८३, बिहिबार

निमावि शिक्षकमा आवेदन खुल्यो

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदका लागि आवेदन खुला गरेको छ ।

आयोगले खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन दिन आयोगले सूचित गरेको छ ।

आवेदकहरूले अनलाइनबाट आवेदन दिन सक्नेछन् । जसका लागि बुधबारदेखि नै आयोगको अनलाइन पोर्टल ttps://online.tsc.gov.np बाट अनलाइन दरखास्त दिन सकिने आयोगले जनाएको छ ।