३ श्रावण २०८३, आइतबार

सर्वोच्चको आदेश लत्याउँदै माओवादीले जितेका स्थानीय तहले दिए ‘जनयुद्ध दिवस’मा बिदा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतको आदेश विपरित माओवादी केन्द्रले विजयी हासिल गरेका स्थानीय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ ।

कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यान देखी बागमती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानीय तहले फागुन १ गतेको ‘जनयुद्ध दिवस’मा बिदा दिएका हुन् ।

कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट साथै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिका पनि अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।