२६ कार्तिक २०८३, बिहिबार

झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, २८ माघ । झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

शनिबार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा गम्भीर घाइते बन्नुभएका मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय रामकृष्ण पौडेलको उपचारका लागि अस्पताल पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी २१ वर्षीया लीला गौतम घाइते हुनुभएको छ ।

दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको गिरीले जनाकारी दिनुभयो ।