३० आश्विन २०८३, शुक्रबार

गुल्मीमा शनिवार पसल बन्द नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-district– अनिल खत्री
गुल्मी २९ जेठ । गुल्मीमा शनिवारबाट सुरु हुन लागेको भारतीय सेनाबाट अवकास प्राप्त भुतपूर्व सैनिकहरुलाई बितरण गर्न लागिएको पेन्सन बितरण क्याम्प अबधीभर सदरमुकाम तम्घासका बजार शनिवार पनी बन्द नहुँने भएका छन् ।

जेठ ३० गतेबाट १५ दिन सम्म चल्ने पेन्सन बितरण क्याम्प अबधी भर पर्ने शनिवार पसल बन्द नहुँने गुल्मी उद्योग वाणीज्य गुल्मीका महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । वाणिज्य संघ गुल्मीले जिल्लामा प्रत्येक शनिवार तम्घास बजारका उद्योग व्यासाय, पसल बन्द गर्दै आएको छ ।

गुल्मीमा चल्ने पेन्सन बितरण क्याम्प र नेपालीहरुको महानपर्वमा भने शनिवार पनी पसल खोल्ने गर्दै आएको छ । जिल्लामा उत्पादन हुँने स्थानिय स्तरको कृषि जन्य उत्पादनलाई बढवा दिने उदेश्यले वाणिज्य संघ गुल्मीको संयोजनमा बिभिन्न संघ संस्थाहरुले तम्घास हाट बजार समेत संञ्चालन गर्दै आएको छ । शनिवार तम्घास बजार बन्द गरी हाट बजारलाई मद्दत गर्ने वाणिज्य संघको उद्देश्य रहेको महासचिव पोखरेलले बताउनुभयो ।

भारतीय सेना बाट अवकास प्राप्त भुपु सैनिकहरुका लागि बितरण गरिने पेन्सन क्याम्प गुल्मीमा शनिवारबाट सुरु हुने भएको छ । प्रत्येक वर्षको ६÷६ महिनामा बितरण गरिँदै आएको पेन्सन बितरण कार्यक्रम यहि जेष्ठ ३० गते बाट १५ दिन सम्म सदरमुकाम तम्घासमा संञ्चालन हुने जिल्ला सैनिक वोर्ण गुल्मीका सेक्रेटरी सन्त बहादुर खड्काले बताउनुभयो ।

सदरमुकाम तम्घासमा १५ दिन सम्म संञ्चालन हुने पेन्सन वितरण क्याम्पबाट गुल्मी जिल्ला लगायत बाग्लुङ्ग, अर्घाखाँची, प्युठान लगायतका ठाउँका भुपु भारतीय सैनिकहरु करिब ७ हजार ५ सयले पेन्सन क्याम्पमा बुभ्mने खड्काले बताउनुभयो ।