२२ असार २०८३, सोमबार

न्युजिल्याण्ड पठाइदिने भन्दै ११ लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै रु ११ लाख ५० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

सल्ल्यानको शारदा नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही नगरपालिका वडा नं ५ घर भई हाल काठमाडौं–२६ बस्ने ३३ वर्षीय टोपबहादुर सेजुवाललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रवक्ता रेग्मीका अनुसार पक्राउ परेकाहरुले खड्गराज गिरीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।