कुनमिन (चीन), २२ जेठ । दुई दिने चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री सुशल कोइराला कुनमिन पुग्नु भएको छ ।
विशेष विमानबाट पुग्नु भएका प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डललाई विमानस्थलमा यूनान प्रान्तका भाईस गर्भनर गाओ सेन्भले स्वागत गर्नु भएको थियो । त्यसपछि प्रधानमन्त्रीलाई सिधै होटल ग्राण्ड प्लाजामा लगिएको थियो । उहाँलाई बाणिज्य मन्त्री सुनिल थापा र चिनियाँ राजदुत महेश मास्केले पनि स्वागत गरेका थिए ।
शुक्रबारबाट सुरु हुने दोस्रो चाईना साउथ एसिया एक्सपोजिसन तथा २२ औ चाईना कुनमिन ईम्पोर्ट एक्सपोर्ट कमोडिटिज फेयरको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँग आज बेलुका युनान प्रान्तका गर्भनर लिग जिहेङले द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री आजै राती उहाँले आयोजना गरेको रात्रिभोजमा सहभागि हुनु हुनेछ ।
















प्रतिक्रिया