३२ असार २०८३, बिहिबार

मोटरसाइकल चोरीमा संलग्न व्यक्ति सीसी टिभीको मद्दतले पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १८ माघ । महानगरमा भइरहेको मोटरसाइलको शृङ्खलाबद्ध चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सीसी टिभीले खिचेको दृश्यको सहयोगमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो ।

मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो । त्यस क्रममा मोटरसाइकल चोरी भएका केही सार्वजनिक स्थानका सिसी टिभीको दृश्य प्रहरीले अध्ययन गरेको थियो ।

त्यसैका आधारमा भारतको अररिया जिल्ला, फारबिसगन्जअन्तर्गत मझुवा ग्राम पञ्चायतका ३५ वर्षीय सिकन्दर मण्डललाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनले चोरी गरेर भारततिर लैजाने तयारी गरेको अवस्थामा दुईवटा मोटरसाइकलसमेत बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताउनुभयो ।

बरामद भएको मोटरसाइकलका धनीलाई सम्पर्क गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।