३० आश्विन २०८३, शुक्रबार

पर्याप्त विद्युत नहुँदा लुम्बिनीको विकास प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Light-– नरेश केसी
भैरहवा, २८ जेठ । पर्याप्त विद्युत नहुदा लुम्बिनी क्षेत्रको समग्र विकास प्रभावित भएको भन्दै यस क्षेत्रका व्यवसायीहरुले सम्बन्धित निकायमा पहलको माग गरेका छन् ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघको पहलमा लुम्बिनी क्षेत्रको समग्र विकासको लागि विद्यूत पहिलो आवश्यक्ता भएकोले सो को लागि पहल थालिएको संघले जनाएको छ । संघले बुधवार भैरहवामा पत्रकार सम्मेलनगरी लुम्बिनी भैरहवा क्षेत्रमा १३३ केभीएको विद्युत प्रसारण लाईन आवश्यक भएको जिकिर गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष रामकुमार शर्माले निमार्णाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल निमार्ण कार्यलाई समयमा सम्पन्न गर्न चाहिने करिब ५ मेघावाट, ५२ विगाह क्षेत्रफलमा स्थापना भएको नेपालकै पहिलो विशेष आर्थिक क्षेत्रको लागि चाहिने करिब ३० मेघावाट, परासी भैरहवा औद्योगिक नयाँ करिडोर, लुम्बिनी क्षेत्र, भैरहवा लुम्बिनी औद्योगिक करिडोर लगायतको क्षेत्रलाई प्राप्त विद्युत १३३ केभिएबाट मात्रै प्राप्त हुने भएकोले सो प्रसारण लाईन परियोजना ल्याउने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष शर्माले विद्यमान समयमा ३३ के.भि.ए.को लाइनमा भएको ओभरलोडको समस्याले गर्दा यस क्षेत्रमा संचालित राष्ट्रिय स्तरका ठूला उद्योगहरुले भोग्नु परेको विद्युत सम्बन्धि समस्याहरु जस्तै न्यून भोल्टेज, ट्रिपिङ, को समस्या समेत भएको जनाउदैं आफुहरुको टोलीले विभिन्न मन्त्रालयमा डेलिगेशन गएको समेत बताए । अर्थ, उर्जा, उद्योग, पर्यटन मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकले डेलिगेशन टोलीसंग सकारात्मक प्रतिक्रिया दिएको सो अवसरमा जनाइएको थियो ।

लुम्बिनी शान्ति शहरको परिकल्पना, अन्तर्राष्ट्रिय विमान स्थलको निमार्णकार्य प्रारम्भ, भैरहवा बुटवल छ लेनको विस्तारित सडक, भारत तथा चिन विचको व्यापारिक ट्रान्जिट सहरको रूपमा विकासको सम्भावना, लुम्बिनी कोरिडोरको विकसितरूप, बढ्दो औद्योगिकरण तथा विशेष आर्थिक क्षेत्रको संचालन, भैरहवा –परासी औद्योगिक कोरिडोरको उदाउँदो भविष्यलाई सुनिश्चित गर्न प्राप्त विद्युत पहिलो आधार भएकोले १३३ केभिए परियोजना आवश्यक बोध गरिएको र सम्बन्धित मन्त्रालय पनि चासो पुर्वक लिएको डेलिगेसनमा सहभागी संघका महासचिव भीस्म न्यौपाने सर्वज्ञले जनाए ।

पत्रकारहरुलाई सम्बोधन गर्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले बुटवलको जोगीकुटीबाट भैरहवा लुम्बिनी तर्फ हाल वितरीत ३३ केभीए लाईनलाई विस्तारगरी १३३ केभीए बनाउने अभियानमा यस क्षेत्रका सबै समुदाय लाग्नुपर्ने बताए ।

संघका सदस्य दीपक पौडेलले विद्युत आपुर्तिको कामिको कारण भैरहवा लुम्बिनी क्षेत्र अस्तव्यस्त भएको तर्क गर्दै संघको डेलिगेशन टोलीको मागलाई अर्थमन्त्रि, उद्योगमन्त्री, उर्जामन्त्री, पर्यटनमन्त्री र सचिवहरुले सकारात्मक रुपमा लिएको बताए ।

संघका अध्यक्ष रामकुमार शर्माको नेतृत्वमा उद्योग उपाध्यक्ष कुल प्रसाद न्यौपाने, महासचिव भीस्म न्यौपाने, कोषाध्यक्ष जिवलाल सापकोटा र सदस्य दीपक पौडेल, सभासद आदित्य नारायण कसौधन, उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष किसोर प्रधान लगायतको टोलीले जेठ २१ देखी २४ सम्म अर्थमन्त्री डा. रामशरण महत, उद्योग मन्त्री महेश बस्नेत, उर्जा मन्त्री राधा ज्ञवाली, पर्यटन मन्त्री कृपासुर शेर्पा, यातायात मन्त्री विमलेन्द्र निधी र नेपाल विद्युत प्राधिकरणका निर्देशक कार्यकारी अधिकृत मुकेश काफ्लेलाई भेटगरी लुम्बिनी क्षेत्रमा विद्युतको अभावले समग्र विकासमा प्रभावित भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।