३० आश्विन २०८३, शुक्रबार

नक्कली सर्टिफेकट पेश गरी जागिर खाने कर्मचारी अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhtiyarकाठमाडौँ, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली एवम् झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल विद्युत् प्राधिकरणमा नियुक्ति लिएको अभियोगमा राजकुमार सिन्हाविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गराएको छ ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार प्राधिकरणको वरिष्ठ सहायकमा कार्यरत सिन्हाले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद्, भारतबाट सन् १९८८ मा आइएस्सी पास गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले आरोपपत्र दर्ता गरिएको हो ।

सिन्हाविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हुँदैसम्मको दण्ड सजायको माग दाबी गरिएको छ ।