३० आश्विन २०८३, शुक्रबार

हाउजिङको नाममा ठगी गर्ने गिरोहका मुख्य नाइके पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police

काठमाडौँ, २२ जेठ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले हाउजिङको नामबाट रकम संकलन गरी ठगी गर्ने गिरोहका मुख्य नाइकेलाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–९ सिनामंगल घर भई रोवियस जी स्टार विल्डर्स एन्ड डेभलप्मेन्ट प्रालिका संस्थापक तथा प्रबन्ध निर्देशक सुमन श्रेष्ठलाई पक्राउ गरेको ब्युरोले जनाएको छ ।

श्रेष्ठलाई ब्युरोको टोलीले बुधबार बेलुकी मध्यपुर थिमिबाट पक्राउ गरिएको र निजलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको जनाइएको छ ।

श्रेष्ठमाथि विसं २०६५ मा ललितपुर जिल्ला छम्पी गाविस–­५ स्थित रोवियस जी स्टार विल्डर्स एन्ड डेभलप्मेन्ट प्रालिको नाममा १४ तलाको दुई वटा भवन निर्माण गरी ३२४ वटा फ्ल्याट बनाउने र उक्त फ्ल्याटहरु बुकिङका लागि विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकालगायत अन्य सार्वजनिक सञ्चारमाध्यममार्फत प्रचारप्रसारसमेत गरी ७६ जना पीडितबाट रु आठ करोड २१ लाख ४३ हजार २७९ रकम उठाई भवन तयार नगरी बोलकबोल बमोजिमको घर फ्ल्याट नदिई रकमसमेत फिर्ता नगरी ठगी गरेको अभियोग लगाइएको छ ।