
काठमाडौं, १२ माघ । काठमाडौंको नयाँ बानेश्वर चोकमा बस गुड्दागुड्दै पिच सडक भासिएको छ ।
बानेश्वर चोकमै बिच सडक भासिएर खाल्डो परेपछि बस फसेको हो । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला सडक भासिएर खाल्डो परेपछि बस फसेको हो ।
सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको थियो । सडक खाल्डो परेर बस कोल्टिएपछि यात्रुहरू आत्तिएका थिए ।
ट्राफिक प्रहरीको सहयोगमा बसलाई बाहिर निकालिएको छ ।
यसअघि २०७८ कात्तिकमा पनि बानेश्वर चोकनजिकै सिभिल अस्पतालअगाडि सडक भासिएर ठूलो खाल्डो परेको थियो।















प्रतिक्रिया