
काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताउनु भएको छ ।
विभिन्न सञ्चारमाध्यममा लामिछानेको खातामा १ करोड ८० लाख रकम जम्मा भएको भन्ने समाचारको आज पत्रकार सम्मेलनमार्फत खण्डन गर्दै रकम जम्मा नभएको स्पष्ट पार्नुभएको हो ।
उनले ग्लोबल आइएमी बैंकले पठाएको पत्र पढ्दै भने, ‘बैंकमा मेरो खातामा पैसा जम्मा गर्न चेक डिपोजिट भएको र चेकमा पैसा नभएपछि चेक फर्किएको छ। त्यसैले मेरो खातामा चेक डिपोजिट भएको तर पैसा आएको छैन।’








प्रतिक्रिया