
काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगीको आरोपको खण्डन गर्नु भएको छ ।
सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले मिडियामा आएका समाचारको खण्डन गर्दै पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने जानकारी दिनुभएको छ ।
पछिल्लो समय लामिछानेले करोडौं रकम आफ्नो खातामा जम्मा गर्नु भएको भनि मिडियाले समाचार प्रकाशन गरेका थिए । लामिछानेले मिडियामा आएका स्लीपमा स्लीप नहुन पनि आग्रह गर्नु भएको छ ।
‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोहि ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु,’ उहाँले लेख्नु भएको छ ।















प्रतिक्रिया