२९ आश्विन २०८३, बिहिबार

आयोग एक्लैले निष्पक्ष निर्वाचन गराउन सक्दैनः आयुक्त गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dolakh-bahadur-gurung

चितवन, २२ जेठ । निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले आयोग एक्लैले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन नसक्ने बताउनुभएको छ ।

त्यसका लागि राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन सबैको सहयोग चाहिने उहाँले बताउनुभयो ।

संविधान सदस्य उपनिर्वाचन, २०७१ का सन्दर्भमा निर्वाचन आयोगले बिहीबार भरतपुरमा निर्वाचनसम्बन्धी कानुन तथा निर्वाचन विवाद निरुपण र विद्युतीय मतदानसम्बन्धमा गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त गुरुङले सो कुरा बताउनुभएको हो ।

सबैको सहयोगका कारण संविधानसभाका निर्वाचनहरु शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको बताउँदै उहाँले आगामी उपनिर्वाचन पनि निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न हुने विश्वास दिलाउनुभयो ।

आयुक्त गुरुङले सबै समन्वय मिल्न सके विद्युतीय मतदान उपकरण सङ्कलन भएको दुई घन्टाभित्रमा नतिजा सार्वजनिक गर्न सकिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत तथा चितवन जिल्लाका मुख्य न्यायाधीश विनोदमोहन आचार्य र प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले उपनिर्वाचन सफल पार्न सहयोग पु¥याउन सबैसँग आग्रह गर्नुभयो ।

निर्वाचन आयोगका सहसचिव वीरबहादुर राईले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा नमुना मतदानसमेत गरिएको थियो ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, उम्मेदवारका प्रतिनिधि, स्थानीय प्रशासन एवम् सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज र मानव अधिकारवादी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो । भोलिदेखि आयोगले निर्वाचन क्षेत्रमा नमुना मतदान गराउने जनाएको छ । असार ८ गते चितवनको क्षेत्र नं ४ मा उपनिर्वाचन हँुदैछ ।