२ श्रावण २०८३, शनिबार

अयोध्यामा सोमबारका लागि सुरक्षा कडा (तस्वीरहरू)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा समारोहका लागि सुरक्षा व्यवस्था मजबुत गरिएको छ ।
वर्षौको विवादपछि अदालती आदेशमा अयोध्यामा राम मन्दिर निर्माण गरिएको छ । त्यहाँ सोमबार राम मूर्तिको प्राणप्रतिष्ठा गरिँदैछ ।

समारोहस्थल आसपास १० हजार सीसीटीभी क्यामेराले मानिसको आवतजावत निगरानी गरिरहेको छ भने उल्लेख्य संख्यामा सादा पोसाकमा प्रहरी पनि तैनाथ गरिएका छन् । अयोध्याको धरमपथ र रामपथबाट भक्तजनको ठूलो भीड हुने गरेको हनुमानगढी क्षेत्र र अशरफी भवन रोडसम्म सडकमा प्रहरी गस्ती गरिरहेको देख्न सकिन्छ ।

उत्तर प्रदेश एन्टी टेररिज्म स्क्वाड (एटीएस) टोलीले पनि अयोध्यामा गस्ती गरेको थियो। सहरका प्राय: हरेक ठूला चोकमा काँडेतार लगाइएको छ । यसको कारण भनेको प्रहरीले विशेषगरि भीआईपीहरूको आवतजावतमा ट्राफिक नियन्त्रण गर्न प्रयोग गर्दछ । उत्तर प्रदेश प्रहरी महानिर्देशक (कानून र व्यवस्था) प्रशान्त कुमारले २२ जनवरीमा हुने प्राण प्रतिष्ठा समारोह एक ऐतिहासिक हुने बताउनुभयो । यसका लागि उत्तर प्रदेश प्रहरीले सम्पूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ भने प्रत्येक सडकमा सुरक्षाको प्रबन्ध मिलाइएको पनि उहाँले जानकारी दिनुभयो ।

कुमारले भन्नुभयो, ‘अयोध्या जिल्लामा १० हजार सीसीटीभी क्यामेराहरू जडान गरिएको छ । यीमध्ये केही सीसीटीभी क्यामेराहरूमा एआई–आधारित प्रविधि प्रयोग गरिरहेका छौं, ताकि हामी यात्रुहरूलाई नजिकबाट निगरानी राख्न सकौं ।’ कार्यक्रमस्थलमा सादा पोसाकमा बहुभाषिक दक्ष प्रहरी तैनाथ गरिने उहाँले बताउनुभयो ।

एनडीआरएफ र एसडीआरएफ टोलीको सहयोगमा सरयू नदीको किनारमा सुरक्षा पनि बढाइएको छ । ‘हामीले अन्य निकायसँग समन्वय गरिरहेका छौं । अन्तर्राष्ट्रिय र अन्तरराज्यीय सीमामा अनुसन्धान भइरहेको छ । भीड नियन्त्रण र बढी भीड हटाउन प्रहरीले ड्रोनको प्रयोग गर्नेछ,’ उहाँले भन्नुभयो ।

यसअघि अयोध्यामा ड्रोन तैनाथ गर्ने बारे विवरण दिँदै सुरक्षा मुख्यालयका प्रहरी उपरीक्षक (एसपी) गौरव बांसवालले त्यहाँ एन्टी–ड्रोन प्रणाली जडान भइरहेको बताएका थिए। उनले भने ‘यसको मुख्य उद्देश्य कुनै पनि अनधिकृत ड्रोननजिकै उडेको पत्ता लगाउनु हो, जसले तुरुन्तै यसको टेक अफ र गन्तव्य बिन्दु बताउन सक्छ ।’