२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री दाहाल स्वदेश फर्किदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डाको राजधानी कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार बिहान स्वदेश फर्कंदैहुनुहुन्छ ।

सम्मेलनमा भाग लिएर सम्बोधन र विभिन्न भेटघाट पश्चात् प्रधानमन्त्री दाहाल शनिबार राति नै त्यहाँबाट नेपाल प्रस्थान गर्नुभएको छ ।

आइतबार बिहान २ः४५ बजे कतारको दोहा अवतरण भएका प्रधानमन्त्री दाहाल बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण हुँदैछन् । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल लगायत हुनुहुन्छ ।