
तेह्रथुम, ४ माघ । तेह्रथुमको लालीगुराँस नगरपालिका-९ काँडेमा बुधबार साँझ टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुन बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना हुँदा झापाको मेचीनगर-१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको हो ।
टिपरमा सवार तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मादी नगरपालिका-४ का ४० वर्षीय दिनेश तामाङ, झापाका २१ वर्षीय समीर चौधरी र विष्णु थामी घाइते भएका छन् ।
थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घाइते अन्य २ जनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया