२९ आश्विन २०८३, बिहिबार

२६ गते ओलीको उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli

काठमाडौं, २२ जेठ । नेकपा एमालेको नवौँ महाधिवेशनका लागि अध्यक्ष पदका दावेदार संसदीय दलका नेता केपी ओली पक्षले जेठ २६ गते आफ्नो टिम घोषणा गर्ने भएको छ ।

टिम घोषणा गर्न जेठ २६ गते भृकुटीमण्डपमा बृहत भेला आयोजना गरिदैछ ।

विहान साँढे ११ बजे हुने भेलालाई नेता ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ । भेलालाई उपाध्यक्षद्वय बामदेव गौतम र बिद्या भण्डारी, महासचिव इश्वर पोखरेल लगायतका नेताहरुले पनि सम्बोधन गर्नुहुने बताइएको छ ।

अध्यक्षमा नेता ओली, वरिष्ठ उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा इश्वर पोखरेलको यसअघि नै उम्मेदवारी घोषणा भइसकेको छ ।

ओलीको टिमबाट उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी र प्रदीप नेपाल तथा सचिवमा शंकर पोखरेल, विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, रघुवीर महासेठ लगायतको चर्चा छ ।

अध्यक्षका अर्का दावेदार वरिष्ठ नेता माधवकुमार नेपालको यसअघि जेठ १७ गते नै उम्मेदवारी घोषणा भएको थियो । नेता नेपालवको टिमबाट उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा सुरेन्द्र पाण्डे, सचिवमा गोकर्ण विष्ट, योगेश भटटराई, प्रकाश ज्वाला, घनश्याम भुसाल लगायतको चर्चा छ ।