२ कार्तिक २०८३, सोमबार

काठमाडौं महानगरले बढाउन सकेन खर्च

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । काठमाडौं महानगरपालिकाले विनियोजित बजेटअनुसार खर्च बढाउन सकेको छैन । बुधबार सम्पन्न १४औं नगर सभामा पेस भएको विवरण अनुसार महानगरपालिकाले लक्ष्यको १७.७८ प्रतिशतमात्रै खर्च गर्न सकेको छ ।

चालु आर्थिक वर्षमा महानगरपालिकाको बजेट २४ अर्ब ४ करोड ५४ लाख १ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको आधा समय पुस २६ गतेसम्ममा ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैया खर्च भएको छ । महानगरले अब भने लक्षित योजनामा खर्च बढाउन जोड दिने भएको छ ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा नगरसभा राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न भएको हो । सभाले प्रवक्ता नवीन मानन्धरले पेस गरेको सूचना तथा सञ्चार ऐन २०८० को पहिलो संशोधन, राजस्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक खेमराज तिवारीले पेस गरेको जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन २०७९ को पहिलो संशोधन विधेयक सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

नगर सभाको १३ औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमतथा बजेट कार्यान्वयनको क्रममारहेको जानकारी सभामा दिइयो ।

त्यस्तै, सभामा बजेट तथाकार्यक्रमको संशोधनका लागि महानगरकी उप प्रमुख सुनिता डंगोलले राखेको प्रस्ताव समेत पारित भएको छ ।
संशोधित प्रस्तावमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च, आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटेको छ भने पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा सोही बराबरको बजेट थप गरिएको छ ।

सभाको अध्यक्षता गरेका महानगर प्रमुख बालेन शाहले सभामा प्रस्तुत भएका प्रस्तावहरु सभाबाट पारित भएको जानकारी दिनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘सभामा प्रस्तुत भएका प्रस्तावहरु सभाबाट पारित भइसकेको हुँदा नगरसभा कार्यविधि ऐन २०७५ कोदफा ३ बमोजिम काठमाडौं महानगरपालिकाको १४ औं अधिवेशन अन्त्य भएको जानकारी गराउँदछु ।’