१६ असार २०८३, मंगलबार

रवि लामिछानेविरुद्ध उजुरी दर्ता

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व सहकारी ठगीको आरोपमा सहकारी विभागमा उजुरी दर्ता भएको छ ।

उहाँसहित गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईविरूद्व युवराज सफलले उजुरी दर्ता गराउनुभएको हो । लामिछान गोरखा मिडिया नेटवर्कका तत्कालीन एमडी हुनुहुन्थ्यो ।

‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदनमा भनिएको छ ।

रविले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ । उहाँले आफू दोषी देखिए हदैसम्मको कारबाही भोग्न तयार रहेको बताउनुभएको छ ।