काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री सुशील कोइराला चीनको युनान प्रान्तको कुन्मिङ सहरमा आयोजना हुने दोस्रो चीन दक्षिण एसिया व्यापार मेलामा विशेष अतिथिका रुपमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभयो ।
उहाँ चीन सरकारको निमन्त्रणामा ३३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै विशेष विमानबाट चीन प्रस्थान गर्नुभएका हो । भ्रमण टोलीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् सभासदहरू, प्रधानमन्त्रीका सल्लाहकारहरू, उच्चपदस्थ सरकारी अधिकारी र चीनका लागि नेपाली राजदूत सम्मिलित हुनुहुन्छ ।
प्रधानमन्त्री कोइरालाले चीनमा रहँदा चीनका उपप्रधानमन्त्री वाङ याङलगायत विभिन्न देशबाट आएका आफ्ना समकक्षीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनको युनान प्रान्तको कुन्मिङमा यही जेठ २३ देखि २७ गतेसम्म दोस्रो चीन–दक्षिण एसिया व्यापार मेला हुन लागेको हो ।
दक्षिण एसिया र दक्षिया पूर्वी एसियाका नेताहरू सहभागी हुने उक्त मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री कोइरालाले ‘विशेष अतिथि’का रुपमा सम्बोधन गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री कोइरालाले मेलामा बनाइएको नेपाली कक्षको उद्घाटन गर्ने कार्यक्रम छ ।
कुल ८० स्टल रहने उक्त कक्षमा निर्यातयोग्य नेपाली उत्पादनहरू राखिनुका साथै नेपाली वस्तु, संस्कृति र पर्यटनबारे सूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ । नेपाली सांस्कृतिक टोलीले मेलामा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्नेछ ।
सो मेलामा भाग लिन वाणिज्य तथा आपूर्ति मन्त्री सुनील थापा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो राति चीन प्रस्थान गरिसक्नुभएको छ ।
सो मेलामा नेपालले नवौँ चीन–दक्षिण एसिया व्यापारिक मञ्चको अध्यक्षता ग्रहण गरेकाले नेपाल उद्योग वाणिज्य महासंघले प्रतिष्ठित नेपाली उद्यमीहरू सम्मिलित एक बेग्लै प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछ ।
युनानको प्रान्तीय सरकार र चीनको वाणिज्य मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना गरिने यो व्यापारिक मेलामा दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका ४६ राष्ट्रको सहभागिता रहने बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री कोइरालालाई सभामुख, उपप्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइराला शुक्रबार साँझ स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
को-को छन भ्रमण टिममा ?
१. प्रधानमन्त्री सुशिल कोइराला
२. आपुर्ति मन्त्री सुनिल बहादुर थापा
३. चीनका लागि नेपाली राजदुत महेश मास्के ,
४.संविधान सभा सदस्य एवम् नेकपा मालेका अध्यक्ष सीपी मैनाली
५. रामजनम चौधरी, सभासद मधेश जनधिकार फोरम लोकतान्त्रिक,
६. अभिशेक प्रताप साह, सभासद मधेशी जनअधिकार फोरम नेपाल,
७. श्रीमती रुक्मीणी चौधरी, सभासद् संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थररुहट
८. चन्द्रमोहन यादव, सभासद् नेपाली काँग्रेस,
९. राजाराम स्याङ्तान, सभासद् नेकपा–एमाले
१०.राधादेवी तिमिल्सिना, सभासद् संघिय समाजवादी पार्टी नेपाल,
११. भाष्कर भद्रा, सभासद् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल,
१२. रमेश कुमार लामा, सभासद् राष्ट्रिय प्रजातन्त्र पार्टी,
१३. पोष्ट बहादुर बोगटी, उपाध्यक्ष, एमाओवादी
१४. बाचस्पती देवकोटा, नेता नेकपा एमाले
१५. अनिल कुमार झा ,संघिय सद्भावाना पार्टी नेपाल,
१६. डा. दिनेश भट्टराई, प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार
१७. डा. चिरञ्जीवी नेपाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार
१८. बसन्त कुमार गौतम, प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव
१९. कृष्णहरि बाँस्कोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव
२०. नारायण गोपाल मलेगो, बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव
२१. डा. कृष्णचन्द्र पौडेल, विज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव
२२. शंकर दास बैरागी, पराष्ट्र मन्त्रालयका निमित्त सचिव
२३. श्रीमती अम्बिकादेवी लुइटेल, सह–सचिव उत्तर पुर्वी एसिया विभाग पराष्ट्र मन्त्रालय
२४. कालिप्रसाद पोखरेल, चिफ अफ प्रोटोकल, पराष्ट्र मन्त्रालय
२५. श्रीमती अनिता कुमारी, तराई मधेश लोकतान्त्रिक पार्टी
२६. रमेश तुफान, पत्रकार
२७. डा. पोषराज पाण्डे, अध्यक्ष, सावति
२८. महेश जाजु, उध्योग प्रतिनिधि
२९. श्रीमती रीता धिताल, परराष्ट्र मन्त्रालय, उप–सचिव
३०. रामप्रसाद सुवेदी, बेईजीङ्स्थित् नेपाली राजदुतावासका कन्सुलर
३१. ले.कर्णेल प्रकाश देउजा प्रधानमन्त्रीका एडिसी
३२. कुमार राई, बेइजीङ्स्थित् नेपाली दुतावासका द्धितीय सचिव
३३. पुरुषोत्तम ढुंगेल, प्रोटोकल अधिकृत
३४. प्रहरी निरिक्षक महेन्द्र मरासिनी, प्रधानमन्त्रीका निजी सुरक्षाकर्मी
३५. ऋषि धमला, पत्रकार, रिपोर्टर्स क्लब नेपाल,
३६. अरविन्द आचार्य, बरिष्ठ क्यामराम्यान, नेपाल टेलिभिजन
३७. बल्लवमणि दाहाल, पत्रकार, द राइजिङ् नेपाल,
३८. निराजन खनाल, पत्रकार, नेपाल टेलिभिजन














प्रतिक्रिया