१० कार्तिक २०८३, मंगलबार

माघी मिलन समारोह : शंकर पोखरेल मदरे, सुजिता शाक्य नचन्या

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल थारु समुदायका मुख्य पर्व माघीको कार्यक्रममा सहभागी हुनुभएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१६ मा आयोजित माघी मिलन समारोहमा पोखरेल आफ्नी जीवनसाथी सुजाता शाक्य सहित पोखरेल सहभागी हुनुभएको हो । उहाँहरू मघौटा नाचमा समेत सहभागी हुनुभएको छ ।

नाचमा महासचिव पोखरेल मदरे अर्थात् मादल बजाउने व्यक्तिको रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै एमाले नेतृ एवं पोखरेलकी धर्मपत्नी शाक्य नचन्या अर्थात् नाच्ने व्यक्तिको भूमिकामा सहभागी हुनुभएको थियो ।

उहाँहरूले स्थानीयसँग कार्यक्रममा सहभागी भई रमाइलो गर्नुभएको हो ।