६ कार्तिक २०८३, शुक्रबार

संस्थापक नेता लावतीको निधनमा राप्रपा नेपालले तीन दिन झण्डा झुकाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raprpa-nepalकाठमाडौं, २७ जेठ । संविधानसभाको चौथो दल राप्रपा नेपालले संस्थापक नेता पद्मसुन्दर लावतीको निधनमा तीन दिन झण्डा झुकाएर शोक मनाउने निर्णय गरेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठकले राप्रपा नेपालका संस्थापक नेता, पूर्व सहअध्यक्ष, पूर्व मन्त्री तथा बरिष्ठ राजनीतिज्ञ लावतीको दुःखद निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिन झण्डा झुकाउने निर्णय गरेको सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

‘अनेकौं राजनीतिक उतारचढावका बाबजुद उहाँ आफ्नो वैचारिक निष्ठामा सदैव अविचलित, कट्टर राष्ट्रवादी नेता हुनुहुन्थ्यो । उहाँ राजसंस्था र बहुदलिय प्रजातन्त्रप्रतिको आस्थाबाट कहिल्यै विचलित हुनुभएन । जनताको हित, जनतासँगको निरन्तर सम्बाद र सम्पर्क, जनताकै सेवा उहाँका अभिष्ट थिए ।

उहाँको दुःखद निधनबाट राष्ट्रले एक राष्ट्रवादी एवं जनमुखी नेता गुमाएको छ भने राप्रपा नेपालले एक अभिभावक गुमाएको छ । पार्टी स्थापनाको कठिन समयमा उहाँले दिनु भएको योगदान सदैव अविस्मरणीय रहनेछ ।’ बैठकपछि राप्रपा नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख ।

स्वर्गिय लावतीको सम्मानमा राप्रपा नेपालको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्य समितिमा ३ दिन पार्टीको झण्डा झुकाईने, कुनै औपचारिक कार्यक्रम नगर्ने, १३ औं दिन पछि श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय समेत गरिएको छ ।

बैठकले आगामी जेठ ३१ गते आईतबार पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरु बन्द गरिने जनाएको छ । राप्रपाका संस्थापक नेताको उपचारका क्रममा आज विहान काठमाडौंमा निधन भएको थियो ।