६ कार्तिक २०८३, शुक्रबार

चितवनमा नक्कली लाइसेन्स बनाउने १० जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan– सन्दिप भट्ट
चितवन, २७ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली लाइसेन्स बनाउने अभियोगमा १० जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रुगम बहादुर कुँवरको कमाण्डमा खटिएको प्रहरी टोलीले हिजो उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नमस्ते स्टेशनरी सेन्टर शहिदचोकका सञ्चालक दिलिप श्रेष्ठ सहित अन्य ६ जनालाई पक्राउ गरेको छ । यस्तै एटुजेड प्र्रिन्टिङ एण्ड ग्राफिक्स सेन्टरका सञ्चालक धर्मपाल विक सहित अन्य २ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । बुधवार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

पसलहरुबाट नवीकरण गर्दा बुझाउने सक्कली लाइसेन्सको स्टिकर र नक्कली लाइसेन्समा प्रयोग गर्ने गरीएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस्तै पसलहरुबाट सरकारी कार्यालय, विद्यालयका छाप, व्यक्तिगत जग्गा धनीका प्रमाणपुर्जा सहितका किर्ते कागज बनाउन प्रयोग गरीने सामाग्रीहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सहकुल बहादुर थापाले जानकारी दिए ।

यस्तै नक्कली परिचयपत्र, लाइसेन्स, सरकारी कागजपत्र वनाउने गरेको सुराकिका आधारमा पसलहरुमा छापा मारिएको प्रहरी उपरीक्षक थापाले बताए । उनीहरुलाई थप अनुसन्धानका लागि हिरासतमै राखिएको छ । उनीहरुलाई मुलुकि ऐन किर्ते कागजको महल बमोजिम १ वर्षसम्म कैद हुने उनले बताए ।